हिमालयन लाइफको पाटन शाखाले ल्यायो अभिकर्तालाई प्रशिक्षण गर्न फ्राइडे टःक कार्यक्रम

१७ भाद्र २०८०, आईतवार ११:४७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पाटन शाखाका शाखा प्रमुख बद्री सुबेदीले भदौ १ गते देखि शाखा कार्यलयमा आवद्ध अभिकर्ताहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया गर्नका लागि ‘फ्राइडे टःक’ नामक कार्यक्रम सञ्चालनमा ल्याएका छन ।

अभिकर्ताहरुलाई ज्ञानबर्धक, शिपबर्धक बनाउदै बीमा व्यवसाय प्रती प्रतिबद्ध, जुझारु, जागरुख बनाउनका लागि शाखाका अभिकर्ताहरुकै पहल कदमिमा बढी भन्दा बढि प्रशिक्षित गर्दै दक्ष अभिकर्ता निर्माण गर्नुपर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रमको लगातार तेस्रो एपिसोड भव्यताको साथ सम्पन्न गरिएको छ । साथै कार्यक्रममा व्यवसायिक समीक्षा, बजारका समस्या, जनगुनासो तथा व्यवसायीक उपलब्धीरसफलता हासिल गरिएका बिषयमा समेत छलफल गरिएको छ ।

बजारमा रहेका बीमा वा जीवन बीमा प्रतिको गलत बुझाइ, नकारात्मक धारणा एबम बिचारलाई अन्त्य गर्नका लागि दक्ष अभिकर्ताको आवस्यकता रहेको हुँदा यस प्रकृतिको कार्यक्रमको बिजारोपण गरिएको कम्पनीका पाटन शाखा प्रमुख बद्री सुबेदीले जानकारी दिए ।

बीमा जागरणसगै आफू संग भएका नयाँ नयाँ किसिमका सीप, क्षमता, मौलिकता, कला कौसलता प्रस्तुत गर्दै यो व्यवसायमा स्वतस्फूर्त रुपमा रमाउदै, सिक्दै, नेतृत्वको बिकाश गर्दै जाने मार्गदर्शकको रुपमा यो कार्यक्रम रहेको कुरा कम्पनिका सिनियर एजेन्सी मेनेजर एबम ट्रस्ट टिम नेपालका संस्थापक खिबराज दाहालले जानकारी दिए ।

कार्यक्रममा कम्पनिका पाटन शाखा प्रमुख बद्री सुवेदी, हिमालयन लाइफका नेपाल प्रथम ईन्द्र बहादुर बि।क।, पाटन शाखा प्रथम श्रीकृष्ण नेपाल, सिनियर एजेन्सी मेनेजर खिबराज दाहाल, श्याम सुवेदी लगायत अन्य बिमा अभिकर्ताहरुको सहभागिता रहेको उक्त फ्राइडे टःक कार्यक्रमको अर्को संस्करण आगामी शुक्रवार दिउँसो ३ बजे रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*