बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन: सञ्चालन गर्न प्राधिकरणको निर्देशन

१७ भाद्र २०८०, आईतवार १६:२३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन सञ्चालन गर्न निर्देशन दिएको छ ।प्राधिकरणले हालल सञ्चालनमा रहेका बीमा कमपनीहरुलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।

प्राधिकरणले बीमा साक्षरता कार्यक्रम गर्न जीवन बीमा कम्पनीलाई जिल्ला तोकिदिएको छ । बीमा साक्षरता अभिवृद्धिका लागि समितिले सञ्चालनमा रहेका सबै बीमा कम्पनीलाई आफनो तोकिएको जिल्लामा जान निर्देशन दिएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । बीमा कम्पनीहरुले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुन निर्देशन दिएको हो ।

उनका अनुसार आ–आफ्नो भागमा परेको जिल्लामा गई ती जीवन बीमा कम्पनीले आफ्नै कम्पनीको तथा कम्पनीमा भएका बीमा योजनाका बारेमा प्रचार प्रसार गर्नुपर्ने छ । ‘तोकिएका जिल्लामा गएर कम्पनीहरुले आफ्नो कम्पनीमा भएका बीमा योजनाका बारेमा प्रचार–प्रसार गर्ने, आफ्नो कम्पनीमा बीमा गर्दा हुन सक्ने फाइदाका बारेमा जानकारी दिनुपर्छ,’ उनले भने, ‘जसका लागि कम्पनीहरुले स्थानीय निकायसँग सहकार्य गर्न सक्नेछन् ।’स्थानीय निकायहरुसँग सहकार्य गर्दा बीमा सचेतना बढ्ने उनको भनाइ छ ।

व्यक्ति व्यक्तिलाई भेटेर बीमाको शिक्षा दिन नसकिने उनले बताए । त्यसैले बीमाको साक्षरता बढाउनका लागि स्थानीय निकायसँग नै सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।स्थानीय निकायलाई बीमाको महत्व र फाइदाका बारेमा बुझाउन आवश्यक देखिएको समितिको भनाइ छ ।

स्थानीय निकायका जनप्रतिनिधिलाई बीमाको फाइदा र आवश्यकता बुझाउने हो भने त्यहाँ भएका जनतालाई बीमा बुझाउन सहयोग गर्ने प्राधिकरणको निष्कर्ष छ । प्राधिकरणका सार जीवन बीमा कम्पनीहरुले जीवन बीमासम्बन्धी र निर्जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमासम्बन्धी नै साक्षरता कार्यक्रम गर्नुपर्ने हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*