एशियन लाइफको बीमालेख नविकरण गर्दा ब्याजमा ५० प्रतिशत छुट

१८ भाद्र २०८०, सोमबार १०:१०

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै जारी बीमालेखमा ब्याज छुट प्रदान गर्ने जानकारी दिएको हो ।

कम्पनीबाट विभिन्न समयमा जारी भएका बीमालेख अन्तर्गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी दिनुपर्ने मितिले छ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु आजदेखि असोज २३ गतेसम्म पुर्नजागरण गराउने बीमितलाई ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५ बर्षदेखि माथि अवधिका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका बीमालेखमा २५ प्रतिशत छुट प्रदान गरिने भएको छ । २ वर्ष भन्दा कम परिपक्क अवधि बाँकी भएको बीमालेखहरुमा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*