खोलाडीको प्रोत्साहनको लागि भारतसँगको क्रिकेट खेलमा सहभागी भएकाहरुलाई पाँच लाखसम्मको बीमा

१८ भाद्र २०८०, सोमबार १३:२९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध क्रिकेट खेल्ने खेलाडीहरुको ५ लाख सम्मको बीमा गरिदिने घोषणा गरेको छ ।

एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपालको भारतविरुद्धको खेलमा हरेक वीकेटको ५ लाख, छक्काको १ लाख र चौकाको ५० हजार बराबरको जीवन बीमा गरिदिने क्रम्पनीले जनाएको छ ।

खेलाडीको मनोबल बढाउने उद्देश्यले कम्पनीले यस्तो घोषणा गरेको हो । आज नेपाली समयको दिउँसो ३ः०० बजेदेखि श्रीलंकाको क्यानडीको पल्लेकेले स्टेडियममा भारत र नेपालको खेल हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*