साउन मात्रै १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी? (सूची सहित)

१८ भाद्र २०८०, सोमबार १५:०२

काठमाडौं ।  साउनमा हाल संचालमा रहेका १४ जीवन बीमा कम्पनीहरुको ९ हजार ७ सय ७९ बीमा पोलिसीहरु सरेण्डर भएका छन् ।९ हजार बीमा पोलिसी वापत हुँदा १ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन सरेण्डर भएका छन् ।

यसअवधिमा सबैभन्दा धेरै नेपाल लाइफको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । कम्पनीको ३ हजार ३ सय २४ बीमा पोलिसी वापतको ४७ करोड २३ लाख रुपैयाँ बीमाशुल्क रकम सरेण्डर भएको छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । साउनमा कम्पनीको २ हजार २४ वटा बीमा पोलिसी वापत ३१ करोड २५ लाख रुपैयाँ बीमाशुल्क रकम सरेण्डर भएका छन् ।

बीमा शुल्क सरेण्डरको आधारमा हिमालयन लाइफ तेस्रो स्थानमा रहेको छ । यस अवधिमा कम्पनीको १२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क सरेण्डर भएको छ ।

साउन महिनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको १० करोड ३२ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफको पाँच करोड ८४ लाख रुपैयाँ, नेशनल लाइफको चार करोड ५५ लाख रुपैयाँ, मेट लाइफको चार करोड ३९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको एक करोड ५१ लाख रुपैयाँ बीमा शुल्क सरेण्डर भएको छ ।

त्यस्तै, सिटिजन लाइफको एक करोड १४ लाख रुपैयाँ, आर्ईएमई लाइफको ९९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३५ लाख रुपैयाँ र सन नेपाल लाइफको ११ लाख ८९ हजार रुपैयाँको बीमाशुल्क सरेण्डर भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*