गलत वित्तीय विवरण बुझाउने बीमा कम्पनीहरुलाई प्राधिकरणले कारवाही गर्ने

रिना खत्री
१९ भाद्र २०८०, मंगलवार ११:२०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेको भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

बीमा प्राधिकरण बीमा कम्पनीहरूको एकीकृत सफ्टवयर आईआरआएमएसमा गलत विवरण प्रविष्ट गर्ने १९ वटा बीमा कम्पनीलाई स्पष्टिकरण सोधिएको थियो ।  बीमा कम्पनीहरूले बुझाएको लिखित जवाफ चित्त बुझदो नआएपछि कारवाहीको प्रकृया अघि बढाईने भएको छ।

प्राधिकरणले जीवन बीमा तर्फ सुर्य ज्योति, हिमालयन, एशियन, नेपाल लाइफ, नेशनल लाइफ, रिलायबल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र आइएमई लाइफलाई कारवाही गर्ने भएको छ ।

निर्जिवन बीमा कम्पनी तर्फ झुठो विवरण पेश गर्नेहरुमा नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सगरमाथा लुम्बिनी, नेको, युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल, शिखर, सिद्धार्थ प्रिमियर, ओरियन्टल र राष्ट्रिय बीमा कम्पनीलाई कारवाही गर्ने प्राधिकरणको स्रोतले जनाएको छ।

साउन १ गते अनसाइट अनुगमनको क्रममा प्राप्त विवरण र कम्पनीले नेपाल बीमा प्राधिकरणको सिष्टारममा पेश गरेको विवरण फरक परेपछि प्राधिकरणले गलत विवरण बुझाएको भन्दै कारवाही गर्न स्पष्टिकरण सोधिएको जनाएको थियो ।प्राधिकरणले प्रतिकम्पनी दुई लाख रुपैयाँ नगद जरिवाना तिराउने भएको छ ।

बीमा ऐनको दफा १३८ को उप फा १९ मा झुठो विवरण पेश गर्ने कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गराउने व्यवस्था छ ।

दोस्रोपटक यस्तो वित्तीय विवरण पु्न पेश गरे २५ लाख निरन्तर प्राधिकरणको नियम उल्लंघन गर्ने कम्पनीहरुको हकमा ५० लाख रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ ।

बीमा ऐन आएपछि पहिलोपटक यी बीमा कम्पनीहरुले पहिलोपटक झटो वित्तिय विवरण पेश गरेको हुँदा प्रति कम्पनी २ लाख रुपैयाा जरिवाना पर्ने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*