हिमालयन लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्वारा तालिम प्रदान

२० भाद्र २०८०, बुधबार १३:५०

हिमालयन लाइफको सुदुरपश्चिम प्रादेशिक कार्यालयले प्रदेश स्तरिय लर्न हाउ टु अर्न भन्ने मुख्य एजेन्डाका साथ धनगढीमा एक दिने गे्रण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तराष्ट्रिय मोटिभेटर तथा ट्रेनरबाट मोटिभेसन कार्यक्रममा सहभागी हुने गरी कम्पनीले गत साउनमा अभिकर्तालाई आन्तरिक स्किमको व्यवस्था गरेको थियो ।

उक्त स्किम बमोजिम करिव २५० जनालाई सुदुरपश्चिमबाट क्वालिफाईड गरिएका अभिकर्ताहरुलाई भारतबाट लामो अनुभव बटुलेका सायद अबजल अहमदले जीवन बीमामा अभिकर्ता कसरी चुक्छन्, मार्केटमा कन्सेप्ट कसरी प्रस्तुत गर्ने तथा समग्र रुपमा एक सफल अभिकर्ता बन्नका लागि के–के गर्नुपर्छ आदि विषयमा करिव ४ घण्टा लामो प्रशिक्षण दिएका हुन् ।

उक्त कार्यक्रममा साउन महिनामा हरेक शाखा तथा उपशाखाबाट टप व्यवसाय गर्ने २० जना अभिकर्ताहरुलाई र टप ३ शाखा तथा उपशाखाका प्रमुखलाई समेत सम्मान गरिएको थियो ।

भदौ १९ गतेदेखि सुरु भएको सो कार्यक्रमको सभापतित्व प्रदेश प्रमुख राम बहादुर शाहीले गरेका थिए भने कार्यक्रमको सञ्चालन टिकापुर क्षेत्रका उप प्रदेश प्रमुख तारा सिंह बमले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*