यो साता बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कुनको कतिमा भयो कारोबार ? (एलटीपीसहित)

२३ भाद्र २०८०, शनिबार ०६:३३

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य गिरावट आएको छ ।

कारोबार साताको अन्तिम दिन जीवन बीमा उपसूचक १ दशमलव ४१ प्रतिशत अर्थात १५० रुपैयाँले घटेर १० हजार ५१८ को विन्दुमा कायम भएको छ । यसका साथै निर्जीवन बीमा उपसूचक पनि १ दशमलव ३६ प्रतिशतले अर्थात १४१ रुपैयाँले घटेर भई १० हजार २३८ को विन्दुमा कायम भएको छ ।

यो साता शेयर बजारमा ८ कम्पनीको शेयर कारोबार भएको छ । यो साता शेयर कारोबार भएका आठ जीवन बीमा कम्पनीहरुमध्ये सबै कम्पनीको शेयरमूल्य घटेको छ ।

यो शाता कारोबार भएका कम्पनीहरुमध्ये एलआइसी नेपालको शेयरमूल्य सर्वाधिक रहेको छ । यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार एक हजार ४१० रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, नेपाल लाइफको ६६१ रुपैयाँ, एशियन लाइफको ६५७ रुपैयाँ, नेशनल लाइफको ५९४ रुपैयाँ, आइएमई लाइफको ५६५ रुपैयाँ, आइएमई लाइफको ५४५ रुपैयाँ, सूर्यज्योति लाइफको ५१४ रुपैयाँ र हिमालयन लाइफको ४१२ रुपैयाँमा शेयर कारोबार भएको छ ।

यो साता १२ निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीहरुमध्ये ११ कम्पनीको शेयरमूल्य घटेको छ भने एक कम्पनीको स्वहीमूल्यमा कारोबार भएको छ ।

कारोबार भएका कम्पनीहरुमध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको ८४० रुपैयाँ, एनएलजीको ७४६ रुपैयाँ, नेपाल इन्स्यारेन्सको ७३६ रुपैयाँ, शिखरको ७३३ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ७१९ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ६४० रुपैयाँ र सगरमाथा लुम्बिनीको ६९५ रुपैयाँमा यो साता शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*