दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर यहि साताबाट कारोबारमा आउँदै

२४ भाद्र २०८०, आईतवार १४:४६

काठमाडौं । दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ यो साताको अन्तिममा आउने जानकारी दिएको छ।रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।

कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । आवेदकमध्ये ९ लाख ६० हजारजनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँदेखि अधिकतममा ४८६.८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*