मृतकको नाममा ऋण लिने र बीमा दाबी भुक्तानी रकम चलाउने स्वावलम्बन लघुवित्तका शाखा प्रमुख निलम्बनमा

२५ भाद्र २०८०, सोमबार ११:४१

काठमाडौं । स्वावलम्बन लघुवित्तमा मृतक व्यक्तिको नाममा ऋण लिएर आफैँले चलाएको भेटिएको छ ।लघुवित्तको काभ्रेपलाञ्चोकस्थिति शाखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडाले मृत्यु भईसकेका व्यक्तिका नाममा ऋण प्रवाह र बीमा दाबी भुक्तानी रकम चलाएको भेटिएको छ ।

उनलाई लघुवित्तले आचार सहिता विपरित काम गरेको हुँदा बर्खास्त समेत गरिसकेको छ । मृत्यु भईसकेको कागज देखाएर सो ऋणसमेत मिनाहा गरेको र ऋण लिईसकेपछि मृत्यु भएको भन्दै झुटो कागज बनाएर बीमा दाबी भुक्तानीसमेत शाखा प्रमुख खतिवडाकै पहलमा दिलाइएको थियो ।

यसरी प्रवाह भएको ऋण प्रवाह र दाबीको रकम उनी आफैले चलाएको भेटिएको थियो ।

संस्थामा कार्यरत कर्मचारीले ग्राहक सदस्यहरुबाट संकलन गरेको रकम मध्ये कार्यालयमा पुरा दाखिला नगरी हिनामिना गरेको र मृत्यु भईसकेका व्यक्तिहरुलाई गैरकानूनी रुपमा समूहमा राखी मृतकको नाममा कर्जा प्रवाह गरी तथा बीमा दावी भुक्तानी समेत लिई भ्रष्टाचार गरेको पाइएको हुँदा उनलाई बर्खास्त गरिएको संस्थाले जनाएको छ ।

संस्थाका नायब विभागीय प्रबन्धक एवं प्रमुख जनशक्ति विभागकालनिलकण्ठ पौडेलले काभ्रेपलाञ्चोकस्थिति शाखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडालाई निजसँग सम्बन्धीत कुनै कारोबार नगराउन सुझाव दिँदै उनलाई कारावाहीको समेत चेतावनी दिएर बर्खास्त दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*