रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न, बोनसदर बढाउछौः सिईओ लोहनी

२५ भाद्र २०८०, सोमबार १२:१०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।तीन दिन सम्म चलेको कार्यक्रममा अभिकर्ताहरुलाई उत्प्ररेणा दिने काम गरेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्समा देशैभरबाट उत्कृष्ट अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा १०० जना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।पोखराको माउण्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाको सभाहलमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।

अभिकर्ता कन्फ्रेन्स २०२३ को अध्यक्षता कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले गरेका थिए भने कम्पनीका प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्यमार्फत सबैलाई स्वागत गरेका थिए ।

१०० जनाको उपस्थितिमा सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका सहायक बरिष्ठ प्रबन्धक दिपेश बाबू तिवारीले ब्यवसायीक सुशासन सम्बन्धी कार्यपत्र प्रस्तुती दिएको थियो ।

कार्यक्रममा ७ वटै प्रदेशका प्रदेश प्रमुखको साथै शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले कम्पनी आर्थिक रुपमा सशक्त हुँदै गईरहेको भन्दै आगामी रणनितिको बिषयमा पनि छलफल गरिएको थियो ।
उनले कम्पनीको बोनसदर पनि बढाउदै लाने बिषयमा छलफल गरेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*