नेपाल लाइफसँग दिगो विरासत सिर्जना गर्ने शक्ति छः सिईओ पराजुली

२५ भाद्र २०८०, सोमबार १७:३९

काठमाडौं । नेपाल लाइफका सिईओ प्रविण रमण पराजुली गत आर्थिक वर्षमा हाम्रो सफल कार्यसम्पादनको लागि बधाई दिएका छन् ।

उनले यस बिषम परिस्थितीमा पनि नेपाल लाइफले आफनो विरासत जोगाईरहेको बताएका छन् ।

उनले बीमा बजारमा दिगो विरासत सिर्जना गर्ने शक्ति नेपाल लाइफमा रहेको बताएका छन् ।

चुनौतीपूर्ण आर्थिक अवस्थाको बावजुद, कम्पनीले उद्योगको औसतभन्दा राम्रो प्रदर्शन गर्दै प्रशंसनीय नतिजाहरू हासिल गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

कम्पनीको यस सफलताको श्रेय नवाचार, डिजिटलाइजेसन, परिष्कृत ग्राहक अनुभव, र रणनीतिक लगानीमा हाम्रो ध्यान केन्द्रित गर्न सकिने उनले बताएका छन् ।

बजार विस्तार, बीमा साक्षरता कार्यक्रम, नयाँ उत्पादन प्रक्षेपण, र लगानी को विविधीकरण सहितसँगै अन्य योजनाहरु रहेको उनले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*