एलआईसी नेपालले यस बर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । एलआईसी (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।
भदौ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले आर्थिक वर्ष २०७८र७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ।