सन नेपाल लाइफको बीमा सम्बन्धि स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

२६ भाद्र २०८०, मंगलवार ११:३१

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश जिबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले कैलारि गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख अतिथि र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष र वाड नम्बर १ देखी ९ वडाका वडा अध्यक्षहरु अतिथि रहेको कार्यक्रममा स्थानीयहरुको उपस्थितिहरुको बाक्लो उपस्थिती रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत गरीब बिधार्थीहरुलाई सहयोग स्वरुप दिपेन्द्र माबि हसुलियालाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै अभिमुखिकरण कार्यक्रम भदौ २५ गते सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उपस्तिथि जनाई कम्पनी र समग्र बीमा सम्बन्धि कुराहरु सुनि सामुहिकरुपमा बीमा सम्बन्धि छलफलमा सहभागीता जनाउनु हुने सम्पुर्ण स्थानीय सरोकारवालाहरुमा कम्पनीले आभार व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*