‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा पाइन्छन् यस्ता सुविधा (भिडियोसहित)

२६ भाद्र २०८०, मंगलवार १३:४७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा विभिन्न सुविधा रहेका छन् ।

कम्पनीले ‘सबैको चाहाना, हरेक पुस्तामा सुरक्षाको भावना आइएमई लाइफ सवल जीवन बीमा योजना’ भन्ने नाराका साथ यो योजना बीमितमाझ ल्याएको जनाएको छ । यसका साथै, कम्पनीले सो बीमा योजनालाई आर्थिक रुपमा सवलता प्रदान गरी हरेक पुस्तालाई ढुक्क बनाउने एक उत्कृष्ट जीवन बीमा योजना रहेको कुरा प्रस्ट पारेको छ ।

उक्त बीमा योजनामा प्रस्तावकको इच्छा अनुसार एकल, दुई, तीन चार वा पाँच पटक सम्ममा बीमाशुल्क भुक्तानी गर्न सकिने, वार्षिक रुपमा अवधिभर किस्ता तिरिरहनुपर्ने बाध्यता नरहने सुविधा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, योजना अवधिभर बीमितले वित्तीय सुरक्षा पाउने, बीमालेख धितोमा कर्जा सुविधा प्राप्त गर्न सकिने र आयकर छुट सम्बन्धि लाभ लिन सकिने लगायत आवश्यकता अनुसारका सुविधाहरु बीमालेखले समेटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*