सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खालि ?

२६ भाद्र २०८०, मंगलवार १६:०७

काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ २८ गते (बिहीबार) दिउँसो २ बजे बाँडफाँड हुने भएको छ । साथै, २८ गते सार्वजनिक विदा परेको अवस्थामा आईपीओ दोस्रो दिन सोही समयमा बाँडफाँड हुने समेत प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओ सोमबार प्रि अलटमेन्ट सम्पन भएसँगै बाँडफाँडको मिति तय गरेको हो । आईपीओमा माग भन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड गरिने भएको छ ।

कम्पनीको आईपीओमा भदौ १९ अर्थात अन्तिम दिन सम्ममा १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता शेयरका लागि ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँको आवेदन दिएका थिए ।

कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँका दरले सर्वसाधारण लगानीकर्तालाई ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*