एलआईसी नेपालले यो साता ८६ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिँदै

२६ भाद्र २०८०, मंगलवार १६:२५

काठमाडौं । एलआईसी नेपालले हकप्रद शेयर धितोपत्र बोर्डमा पठाउने तयारी गरेको छ ।बीमा कम्पनीहरुको नियामक निकायबाट स्वीकृती पाईसकेको एलआईसी नेपालले रेटिङ सकिसकेको र बोर्डमा पठाउने अन्तिम तयारी गरिरहेको जनाएको छ ।

कम्पनीले यो साता नै बोर्डमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिने भएको छ ।

प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपाल लाई पनि हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । प्राधिकरणले कम्पनीलाई चुक्ता पुँजीको ८६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

हाल एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । ८६ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब अर्थात ४ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा थोरै कम हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब पुँजी तोकिदिएको छ ।

बाँकि कम्पनीले बोनस शेयर मार्फत पुराउने छ ।

One thought on “एलआईसी नेपालले यो साता ८६ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिँदै

  1. सन्ताेष कुवँर says:

    गर नु राम्राै हाे बाेनस शेयर दिदा नि राम्रो हाेला

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*