गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न

२६ भाद्र २०८०, मंगलवार १९:०५

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ताहरुलाई तालिम सम्पन्न भएको छ । भदौ २४  गतदेखि सुरु भएको कार्यक्रम २६ गते सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले धनकुटा शाखा कार्यालयमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको थियो । कम्पनीको धनकुटा शाखामा आयोजना गरेको सो कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

तीन दिने प्रशिक्षण कार्यक्रम कम्पनीका कोशी प्रदेश प्रमुख  महेश निरौलाले दिएका थिए । कार्यक्रमले अभिकर्ताको क्षमता विकास तथा व्यवसाय विस्तारमा टेवा पुग्ने कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन सिजना भुजेलले गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले तीन दिने कार्यक्रम उपब्धिमूलक रहेको बताएका थिए । देशका विभिन्न स्थानमा आफ्नो व्यवसाय विस्तार तथा बीमा अभिकर्ताहरुलाई तालिम सञ्चालन गर्दै आईरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*