सिटिजन लाइफको आइपीओ आज बाँडफाँड हुँदै

२८ भाद्र २०८०, बिहीबार ०५:३७

काठमाडौं । सिटिजन लाइफको आइपीओ भोलि बाँडफाँड हुने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*