नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालद्धारा डिजिटल बीमा सेवामा जोड

रिना खत्री
२९ भाद्र २०८०, शुक्रबार १५:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा डिजिटल प्राविधिको आवश्यकता बढिरहेको बताएका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘वान’ नामक नयाँ मोबाईल एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले नेपालको दुर दराजमा बीमाको पहुँच र उपस्थिति दर्शाउन डिजिटल बीमा सेवा जरुरी भएको बताए ।

कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘आम सर्वसाधारणलाई डिजिटल बीमा सेवाको पहुँच बृद्धि भएमा बीमाप्रति चासो र रुचि बृद्धि हुने हाम्रो अपेक्षा रहेको छ ।’ मेट लाइफले ल्याएको वान भन्ने (सोलुसन) एप ल्याएको छ, यसले ग्राहकको सुरुदेखि अन्तिमसम्म केयर गर्ने अध्यक्ष सिलवालले बताए । मानव जीवनमा स्वास्थ्य केयर नै सबैभन्दा राम्रो केयर हो । सस्तो मूल्यमा धेरै फिचरहरु भएको गुणस्तरीय सेवा प्रवाह हुर्ने अध्यक्ष सिलवालले बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले राम्रो कुरा सबैले अनुसरण गर्नुपर्ने बताए । साथै अध्यक्ष सिलवालले बीमा पोलिसी कटपेष्टको पक्षमा प्राधिकरण नरहेको स्पष्ट पार्दै देशैभरि पुग्ने बीमाको राष्ट्रिय सञ्जाल र जनता र बीमित मैत्री बीमा पोलिसी आजको आवश्यकता भएको बताए । अध्यक्ष सिलवालले देशका हरेक ठाउँमा बीमाको पहुँच विस्तार गरेर गरिब जनतालाई बीमा पुर्याएर जोखिम रक्षावरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जसरी बैंकहरुले गाउँ गाउँमा पुगेर तल्लो तहका जनतालाई पनि सेवा दिइरहेका छन्, त्यसैगरी बीमाले पनि तल्लो भन्दा तल्लो तहमा पुगेर सेवा दिन सक्ने बनाउनुपर्ने बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*