बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव

२९ भाद्र २०८०, शुक्रबार १८:१०

काठमाडौं । बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल गर्ने बताएका छन्।

बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा पहुँच अत्याधिक मात्रामा वृद्धि गर्न सक्ने हुँदा बैंकास्योरेन्स पुन सुचारु गर्ने बिषयमा उनले जोड दिएका थिए । यस बिषयमा बीमा प्राधिकरणको बोर्डमा छलफल भईरहेको छ, बैंकर्स संघसँग पनि उपयुक्त हुन्छ भने छलफलमा अघि बढ्ने उनले बताए ।

संसारमा बैंकास्योरेन्सले बीमा क्षेत्र सफल बनाएका थुप्रै उदाहरणहरु रहेको हुँदा यसतर्फ प्राधिकरण केन्द्रित हुने उनले बताएका थिए ।

मेट लाइफ इन्स्योरेन्सले मोबाइल एप्स ‘वान’ सार्वजनिक गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बैकर्स  संघका अध्यक्ष सुनिल केसीको पनि उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई बैकर्स संघसँग छलफल गरेर के कारणले रोकिएको हो, उक्त बिषय केलाउदै पुन सुचारु गर्ने आश्वासन दिएका छन् ।

कार्यक्रममा कम्पनीका सिईओ निमल काजी श्रेष्ठले सन् २००६ मा बैंकास्योरेन्स भित्ररयाएको बिषय स्मरण गर्दै नियमनकारी निकायले बैंकास्योरेन्स ल्याउनुपर्ने कुरामा जोड दिएका थिए । बैंकास्योरेन्सले बीमाको पहुँच वृद्धिमा थप सहयोग गर्ने उनले बताएका थिए ।

 

 

One thought on “बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव

  1. नानीकाजी प्याकुरेल says:

    नेपालको कन्टेस्टमा फेलियर भई सकेको बैंकास्योरेन्स फेरी ब्युँताउने कोशिश भए बीमा क्षेत्रमा ठूलो क्षति हुनेछ। यो दुस्साहस बीमा प्राधिकरणले नगरेको राम्रो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*