पहिलो दिनमै ५ सय रुपैयाँमाथि रिलायबल नेपाल लाइफको कारोबार सुरु

३१ भाद्र २०८०, आईतवार ११:२६

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको आईपीओ ४४० प्रतिशत अर्थात २१ रुपैयाँ बृद्धि भएर ५०८ रुपैयाँमा कारोबार भैरहेको छ ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*