सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

२ आश्विन २०८०, मंगलवार ११:२७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्पुर्ण कार्य शेयर रजिष्ट्रारले गर्ने भएको छ । कम्पनीका माथि उल्लेखित सम्पुर्ण कार्य असोज १ गतेदेखि शेयर रजिष्ट्रारले गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*