सन नेपाल लाइफको आईपीओ सूचीकृत, बिहीबार कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

२ आश्विन २०८०, मंगलवार १२:४१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्दछ । भोलि सविधान दिवसको अवसरमा सार्वजनिक बिदा भएको कारणले असोज ४ (बिहीबार) देखि दोस्रो बजारमा कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*