जन्म दिनमा छोरीलाई आईएमई लाइफको बिमालेख उपहार

२ आश्विन २०८०, मंगलवार १७:२२

काठमाडौं । जन्म दिनको अवसर पारेर रुपेश शर्मा एवम् अंकिता शर्माले छोरी विभिसा शर्मालाई आईएमई लाईफको बीमालेख उपहार दिएका छन् ।

तुलसीपुर उप महानगरपालिका वाड. ६ तुलसीपुर निवासी रोटरी क्लव अफ तुलसीपुर सिटिका महासचिव एवं शर्मा शपिङ्ग सेन्टरका संचालक युवा समाजसेवी रुपेश शर्मा एवं अंकिता शर्मा लगायत समग्र शर्मा परिवारले आफ्नी छोरीको फरक शैली र फरक उपहार सहित जन्मदिन मनाउने सोंचले छोरीको जन्मदिनको अवसर पारेर आफन्तहरु बोलाएर छोरीको नाममा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी संग समन्वय गरि १५ लाखको जिवन बिमाको फाईल तयार गरि जन्मदिनको उपहार दिएका छन् ।

शर्मा परिवारले भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने संकटहरुलाई समाधान गर्न सहज होस भनी, बिमाको महत्व बुझेर यसो गरेको रुपेश शर्माले बताए । जिवन बिमा भनेको संकटको साथी हो । छोरीको उच्च शिक्षामा सहजता र उज्ज्वल भविष्य को कामना सहित जन्मदिनमा छोरीको नाममा बिमा पोलीसी बनाएर हस्तान्तरण गरेको आमा अंकिता शर्माले बताइन् ।

जिवनमा लक्ष्य प्राप्तीका लागि भविष्यमा छोराछोरीहरुलाई आर्थिक संकट नआओस भनेर यस्तो कामको सुरुवात सबैले गर्नुपर्ने कम्पनीका अभिकर्ता किरण पुनले बताए । यो अभ्यासले बिमा हुनेखाने र हुदा खाने सबैका लागि अत्यावश्यक रहेको सन्देश दिन सफल भएको र राज्यले प्रत्येक नागरिकको बिमा अनिवार्य हुनुपर्ने प्राबधान ल्याएमा नागरिक र राज्यलाई थप सम्वृद्विको आधार तिर लग्न सकिने आई एम ई लाईफ तुलसीपुर का शाखा प्रमुख हिमाल खड्काले बताएका छन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*