एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै, कुनले कति ?

२ आश्विन २०८०, मंगलवार १७:३१

काठमाडौं । एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड पुग्ने भएको छ । एलआईसी नेपाल र एनएलजी दुबैले हकप्रद शेयर निष्काशन गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाईसकेको छ ।

यी दुबै कम्पनीले बीमा कम्पनीहरुको नियामक निकायबाट स्वीकृती पाईसकेको र रेटिङ सकिसकेको र बोर्डमा पठाउने अन्तिम तयारी गरिरहेको जनाएको छ ।कम्पनीले यो साता नै बोर्डमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिने भएको छ ।

प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपाल लाई पनि हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । प्राधिकरणले कम्पनीलाई चुक्ता पुँजीको ८६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

हाल एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । ८६ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब अर्थात ४ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ पुग्ने छ ।जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा थोरै कम हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब पुँजी तोकिदिएको छ । बाँकि कम्पनीले बोनस शेयर मार्फत पुराउने छ ।

एनएलजी इन्स्योरेन्स ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हालको पुँजी एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँको प्रतिसेयर अंकित एक सय रुपैयाँ दरको १० कित्ता सेयरको अनुपातमा ६ दशमलव ६ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने जनाइएको छ । कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले हकप्रद शेयर अन्तिम चरणको लागि बोर्डमा आवेदन दिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*