भोलि सार्वजनिक बिदा, बीमा, बैंक र शेयर बजार बन्द
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । बुधबार (संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।
भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । आज मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।