चौथौ इमर्जिङ अफ इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड–२०२३ का लागि नेपाल र भारतबीच सहकार्य

३ आश्विन २०८०, बुधबार १०:५८

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) र भारतीय चेम्बर अफ कमर्सबीच सन् २०२३ नोभेम्बर २२–२३ मा भारतमा आयोजना हुने चौथौ इमर्जिङ अफ इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड,२०२३ कार्यक्रमका लागि समझदारी गर्ने निर्णय भएको छ ।

उक्त कार्यक्रममा नेपालबाट आईआईएनले एशोसिएशन पार्टनरको भुमिका निर्वाह गर्ने र नेपाली बीमा उद्योगको प्रतिनिधित्व गर्ने भएको छ । उक्त कार्यक्रममा हुने पुरस्कारको लागि नेपालका विभिन्न बीमा कम्पनीहरुले यस अघि नै मनोनयन दर्ता गरिसकेका छन् ।

उक्त कार्यक्रमको नलेज पार्टनर भारतीय बीमा संस्था (इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डिया) र पुरस्कारको समन्वय प्रक्रियामा सहयोग गर्ने भुमिका बहुराष्ट्रिय वित्त सिमा प्रदायक संस्था प्राइस वाटर हाउस एण्ड कपर्सको हुनेछ । यसरी आईआईएनले अन्तराष्ट्रिय स्तरको कार्यक्रममा सह आयोजना गर्न लागेको पहिलो पटक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*