तीज सकिएसँगै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

३ आश्विन २०८०, बुधबार ११:१६

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अघिल्लो दिन १ हजार ४१० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार ४०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*