धितोपत्र बोर्डद्वारा निबन्ध प्रतियोगिता आयोजना हुने, प्रथमलाई ६५ हजार पुरस्कार

३ आश्विन २०८०, बुधबार ११:५२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा निबन्ध प्रतियोगिता गर्न लागेको हो ।

उक्त प्रतियोगितामा विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस तथा कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले भाग लिन सक्नेछन् । सहभागीहरुले ‘Investor Resiliance In Changing Economic Conditions’  शिर्षकमा नेपाली वा अङ्ग्रेजी माध्यमबाट निबन्ध लेखी असोज ९ गतेभित्र बोर्डमा पेश गर्न सक्नेछन् ।

निबन्धका मूल्यांकन गरी उत्कृष्टताको आधारमा प्रथमलाई रु ६५ हजार र द्धितीय हुनेलाई रु ३५ हजार पुरस्कार दिइने बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*