४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन

३ आश्विन २०८०, बुधबार १२:१५

काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । यसरी सञ्चालन हुने बसहरू ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्नेछन् ।

काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि सरकारले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गरेको हो ।

तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा आउने छन् ।

द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै लेनको व्यवस्था गरिएको छ । बसको आकार र रङ पनि अरुभन्दा फरक बनाइएको छ । अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने दाबी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*