आइएमईबाट रेमिटान्स पठाउने भाग्यमानीले एक करोड पाउने

३ आश्विन २०८०, बुधबार १३:१८

काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत पठाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौ’ योजना सार्वजनिक गरेको छ ।

आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन् । योसँगै प्रत्येक महिना एकजनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।

आइएमई गरी ’आइएमई पे’ वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागू हुने कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् ।

साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*