एलआईसी नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

३ आश्विन २०८०, बुधबार १३:३४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले राम धुनि नगर पालिका –२ शिवनगर, सुनसरिमा बीमा सचेतना कार्यक्रम संचानल गरेको हो ।

कार्यक्रममा कम्पनीको तर्फबाट ‘जीवन बीमाको स्वामित्व ग्रहण गरौ’ अजम्बरी कोही छैन । बुढो सबैले हुनु पर्छ जस्ता सन्देशहरु राखि कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा कम्तिमा १५० जनाको सहभागिता रहेको थियो ।

ऐजन्सि मेनेजर जितेन्द्र नायकले जीवन बीमको आवश्यकता तथा यसको महत्व बारे जानकारी गराएका थिए । कोशि प्रदेश प्रमुख रेग्मीले जीवन बीमाको स्वामित्व ग्रहण ग्राहबाट नभएको र जीवन बीमा भनेको सम्पति हो ।

रातो लाल पुर्जा मात्रै सम्पति होइन तथा घर बनाउने, रग लगाउने सल्लाह भए जस्तो जीवन बीमा योजना खरिद गर्ने बिषयमा घर परिवारमा सल्लाह हुनु पर्ने प्रकाश पारेका थिए । स्थानीयहरुले यस खालको कार्यक्रम समय समयमा राख्नु पर्ने माग गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख रीतेस राज रेग्मी तथा एलआइसि नेपालका कर्मचारीहरु, एजेन्सि मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*