डिशहोम फाइवरनेटद्वारा ‘कनेक्सनको दोब्बर उत्सव’ नयाँ अफर सञ्चालन

३ आश्विन २०८०, बुधबार १४:२५

काठमाडौं । आजको डिजिटल युगमा छिटो र भरपर्दाे इन्टरनेट सवैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ ।

यो चाडवाडको मौसममा उक्त योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउन सकिने भएको छ । यो अफर अन्तर्गत हाम्रा ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउन सकिने भन्नेमा कम्पनीले विश्वास लिएको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*