बीमा प्राधिकरण र जीवन बीमा अभिकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ आश्विन २०८०, शुक्रबार १२:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय र जीवन बीमा अभिकर्ताहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा असोज ४ गते (बिहीबार) कोशी प्रदेशमा रहेका १४ जीवन बीमा कम्पनीका अभिकर्ता र प्राधिकरणबीच विशेष छलफल सम्पन्न भएको हो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद पोखरेलले सम्पुर्ण जीवन बीमा अभिकर्ताहरुले दिएका सुझाव तथा बीमा अभिकर्ताका समस्याहरुलाई समाधान गर्न प्रयास गर्ने बताएका छन् । साथै, उनले बीमा अभिकर्तालाई बीमा सरेण्डर र बजार तरलता लगायतका समस्या समाधान गर्न सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जीवन बीमा अभिकर्ताहरुले बीमालेख सरेण्डर, बजार तरलता, आर्थिक मन्दी लगायत अभिकर्ता समस्याहरुलाई समाधान गर्न र प्राधिकरणले विभिन्न समयमा लागु गरेका नीति नियममा सही तरिकाले नियमन गर्न समेत आग्रह गरेको सानिमा रिलायन्स लाइफकी एजेन्सी म्यानेजर नमिता न्यौपानेले बताईन् ।

कार्यक्रममा बीमा प्राधिकरणका प्रदेश प्रमुख विनोद पोखरेल, प्राधिकरणका कर्मचारी र १४ जीवन बीमा कम्पनीबाट १ जनाका दरले उत्कृष्ट बीमा व्यवसाय गर्न सफल अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*