आठ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
१० आश्विन २०८०, बुधबार ११:१०

काठमाडौं । मंगलबार प्रतितोला ४०० रुपैयाँले घटेको सुन आज पुनः प्रतितोला ८०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ११ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।












