सुजुकी दशै तिहार तथा छठको स्किम, यस्ता छन् अफर

१० आश्विन २०८०, बुधबार ११:४६

काठमाडौं । भिजि अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ”बाडौ खुसी चढौं सुजुकी” स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ । १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकहरुले १० हजार रुपैयाँ थप मुल्याङ्गकन प्राप्त गर्न सक्नुहुनेछ । साथै, ० प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्ष Road Tax Free हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ । BS6 इन्जिनका साथै SEP Technology, Power, Style, Comfort, ५ बर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकबर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*