सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखाद्वारा बीमा दावी भुक्तानी

२३ आश्विन २०८०, मंगलवार १३:२०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखा कार्यालयले २ लाख १६ हजार रुपैयाँका मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीको पाल्पा शाखाबाट ३ बर्ष पहिला सिटिजन सुभारम्भ बीमा योजना लिएका तिनाउ ६ निवासी १५ बर्ष उमेरका योगेश सुनारीको दोभान खोलामा डुबेर मृत्यु भएको थियो । उक्त मृत्य पश्चात कम्पनीले दाबी भुक्तानी बापत २ लाख १६ हजार रुपैयाँको चेक रकम मृतककि आमा अञ्जु सुनारीलाई हस्तान्तरण गरेको पाल्पा शाखाले जनाएको छ ।

उक्त रकम कम्पनीका पाल्पा शाखा प्रबन्धक विजय कार्की, सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली र सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेयले संयुक्त हस्तान्तरण गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*