एकैदिन सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार झण्डै साढे २० करोड, ७ नम्बर ब्रोकरबाट सर्बाधिक खरिद–बिक्री

२३ आश्विन २०८०, मंगलवार १६:१६

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकैदिनमा झण्डै साढे २० करोड रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ब्रोकर नम्बर ७ बाट सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ ।

साता कारोबारको तेस्रो दिन अर्थात आज कम्पनीको कुल चार लाख ३३ हजार ५४७ कित्ता शेयर खरिद–बिक्री भई २० करोड ३७ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

७ नम्बर ब्रोकरले ८८ हजार ४७३ कित्ता शेयर खरिद गर्दा ४ करोड ११ लाख रुपैयाँ, ४५ हजार ४६४ कित्ता शेयर खरिद गर्दा २ करोड ११ लाख रुपैयाँ, ४३ हजार ००९ कित्ता शेयर खरिद गर्दा एक करोड ९९ लाख रुपैयाँ र ११ हजार ५२७ कित्ता शेयर खरिद गर्दा ५३ लाख ६० हजार रुपैयाँको कारोबार गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*