प्राणघातक रोगका शिकार भएका तीन जनालाई नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी

२३ आश्विन २०८०, मंगलवार १७:१८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले प्राणघातक रोगका शिकार भएका तीन जनालाई उपचार खर्च बापतको बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै पाल्पा जिल्ला साबिक बन्दिपोखरा –३, हाल तानपा –५ बस्ने गंगा ठडराईलाई प्राणघातक रोग (क्यान्सर) लागे बापत २० लाख रुपैयाँ र सोही रोग लागेबापतको रम्भा गा पा–३,हाल तानपा–७ धोबिधारा बस्ने मन कुमारी सोमैलाई पनि १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।

प्राणघातक रोग लागेका दुबै जनाले २० लाख र १० लाखको ४–४ बर्षको किस्ता जम्मा गरेको लेखा प्रमुख अर्जुन अधिकारले बताएका छन् । केही समय अघि हृदयघात भए बापत तानपा –१२ का पुर्षोत्तम गैरेलाई पनि –५ लाख बीमा दावी भुक्तानी उपलब्ध गराएको पाल्पा शाखाका प्रमुख गैरेले उल्लेख गरेका छन् ।

क्यान्सर पीडित मनकुमारी सोमैले प्राणघातक रोग लाग्दा बीमाले आर्थिक सहयोग प्रदान गरेको र उपचार गर्न ऋण खोज्न नपरेकोमा खुसी ब्यक्त गरेकी छिन् । बीमाले आफूलगायत आफ्नो परिवारलाई सुरक्षित राखेको धारणा सौमेले उक्त कार्यक्रममा व्यक्त गरेकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*