सन नेपाल लाइफको बिरगंज शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२३ आश्विन २०८०, मंगलवार १८:२९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उतरदायित्व अन्तर्गतको एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बिरगंज शाखाले कार्यक्रममा श्री ने रा अधारभुत बिद्यालय पटेर्वा सुगौली–४ अकवा पर्सा सम्पूर्ण छात्र छात्रालाई पाठ्यसामग्री बितरण गरेको हो ।

बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई तीन थान कापी, कलम ,पेन्सिल, ईरेजर र कटरको पैकेट बनाई एक एक प्याकेट बितरण गरिएको छ । सो कार्यक्रमको उद्धघाटन सोहि बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षबाट सुरु गरिएको शाखा प्रमुख श्रीराम प्रसादले बताएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कम्पनीको बिरगंजको शाखा प्रबन्धक श्रीराम प्रसादले बिद्यार्थीहरुको दैनिक क्रियाकलापको सम्बन्धमा प्रस्ट पारेका थिए ।

कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ मेनेजर ओम प्रकाश रौनियार, मार्केटिङ मेनेजर बिनोद रौनियार र उप शाखा प्रमुख माहाबिर ठाकुर र गाउको भरभलादमीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*