साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, अधिकतम ७६ रुपैयाँसम्म पाउने

२४ आश्विन २०८०, बुधबार १०:२३

काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भएको छ ।

कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने गरी घोषणा गरेको हो ।

कम्पनीले सावधिक बीमालेखमा न्युनतम ३८ हजार रुपैयाँदेखि ७६ हजार रुपैयाँसम्म बोनश घोषणा गरेको छ । यसका साथै, कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ४० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ ।

यसका साथै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम ३६ हजार रुपैयाँदेखि ४८ हजार रुपैयाँ, वार्षिक नगद फिर्ता बीमा योजनामा न्युनतम ३४ हजार रुपैयाँदेखि ४३ हजार रुपैयाँ र गुरासँ सुरक्षित भविष्य जीवन बीमा योजनाजमा न्युनतम २० हजार रुपैयाँदेखि ३७ हजार रुपैयाँसम्म बोनश घोषणा गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*