केवाईसी अद्यावधिक गर्न राष्ट्रिय बीमा संस्थानको आग्रह

२४ आश्विन २०८०, बुधबार ११:३६

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संस्थानले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।

संस्थानमा चालु रहेका बीमालेखहरुको केवाइसी सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने भएकोले सम्पूर्ण बीमितहरुलाई आवश्यक कागजात सहित कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

संस्थानका अनुसार बीमितले पासपोर्ट आकारको फोटो १ प्रति, बीमितको नागरिकता प्रमाणपत्रको फोटोकपी १ प्रति र इच्छाएको व्यक्तिको नागरिताको प्रमाणपत्रको फोटोकपी १ प्रति कागजात सहित कम्पनीको प्रधान कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*