सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरण गर्दा छुट

२४ आश्विन २०८०, बुधबार १४:४८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ ।

कम्पनीले २०८० असोज २४ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएको हो ।

यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*