नेपाल एयरलाइन्स डोल्पा पुगेको काण्डमा पर्यटन मन्त्रीको एक्सनः ग्राउण्डेड जहाजबारे सोधे स्पष्टीकरण

२४ आश्विन २०८०, बुधबार १७:२०

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमका जहाज एकपछि अर्को गरी ग्राउण्डेड भएपछि व्यवस्थापनपक्षलाई स्पष्टीकरण मागरेका छन् ।

मन्त्री किरातीले व्यवस्थापनपक्षसँग काठमाडौंमा अवतरण गर्नु पर्ने जहाज डोल्पा पुगेको र दमामका लागि उडेको जहाज पाकिस्तानबाटै फकाउनु परेको घटनासहित ग्राउन्डेड हुनुको कारणसहितको स्पष्टीकरण पेश गर्न भनेका हुन् ।

मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर जहाज ग्राउण्डेड भई उडान तालिका भद्रगोल हुनुको कारणबारे जवाफ मागे । मन्त्री किरातीले यि घटनाक्रमको भरपुर खोजविन गरेर जानकारी दिन भनेका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ४ वटा जहाज रहेकामा एउटा वाइड बडी जहाज करिब २ सातादेखि ग्राउण्डेड छ । तीन महिनासम्म ग्राउण्डेड भएको एउटा न्यारोबडी इजरायलमा भाडाको इन्जिन राखेर ल्याइएको दुई सातामै दोस्रोपटक ग्राउण्डेड हुन पुगेको छ ।

जसका कारण दैनिक उडान तालिका प्रभावित मात्रै भएको छैन, दिनकै ३ करोड बढी आर्थिक नोक्सान भइरहेको छ । पिक सिजनमा जहाज ग्राउण्डेड भएपछि निगम आर्थिक रुपमा झन् धरासायी हुने चिन्ता मन्त्री किरातीले गरेका छन् ।

नेपालगन्जको रुट हुँदै छिरेको नेपाल एयरलाइन्सको एयरबस ए-३२० जहाज (न्यारोबडी) असोज १२ गते ३३ हजार फिटको उचाई कायम गर्दै डोल्पातिर हानिएको थियो ।

पछि रन्माकोट हुँदै भरतपुरबाट काठमाडौं अवतरण गरेको थियो । त्यही जहाजले दमाम उडान भर्दा पाकिस्तानबाटै फर्किनु परेको थियो । जुन न्यारोबडी इजरायलमा भाडाको इन्जिन राखेर नेपाल ल्याइएको थियो । यस सम्बन्धमा छानविन गर्न व्यवस्थापक नेपाल वायु सेवा निगम र नियामक नागरिक उड्डयन प्राधिकरण आनाकानी गरेपछि अन्ततः मन्त्री किरातीले आफैं एक्सन लिनु परेको छ ।

यो पनि नछुटाउनुहोस्

काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, पाँच दिनपछि किनभयो ग्राउण्डेड ?

दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*