हिमालयन लाइफद्वारा २१ लाखको बीमा दावी भुक्तानी

२५ आश्विन २०८०, बिहीबार ११:१८

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले दावी वापतको २१ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले कलंकी शाखा प्रमुख हेमन्त तिवारी, मार्केटिङ एक्जिक्युटिभ बिश्व खनाल, अपरेटिङ इन्चार्ज मधु गिरी, एमडीआरटीद्वय काशिराम ढकाल र रामकुमार अधिकारी तथा सिनियर एजेन्सी रेशम श्रेष्ठको उपस्थितीमा बीमित स्वर्गिय डा लक्ष्मण गिरीको श्रीमती भवानी गिरीलाई उनको श्रीमानको मृत्यु पश्चात हुना आउने दावी रकमको उक्त चेक हस्तान्तरण गरेको छ ।

डा. गिरीले दुई वर्ष अगाडि साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाबाट २० लाख र बराबरको ए एम बि प्लान अन्तर्गतको बीमालेख खरिद गरेका थिए । डा.गिरीको मृत्यु दावीको लागि कम्पनीमा सम्पूर्ण कागजपत्र पेस गरेको ११ दिनमै कम्पनीले दावी भुक्तानी गरेको बीमितकी श्रीमती गिरीले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*