बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)

२६ आश्विन २०८०, शुक्रबार १४:५०

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले घटेर १८७४ को विन्दुमा कायम रहन गएको छ । नेप्सेमा गिरावट आउँदा बिहीबार २१० कम्पनीहरुको शेयरमूल्य घटेको छ भने २५ कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

जीवन बीमा

बिहीबार जीवन बीमा उपसूचक १.४० प्रतिशतले घटेको छ । सो दिन जीवन बीमा सेक्टरबाट ११ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १ कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकीका १० कम्पनीहरुको शेयरमूल्य घटेको छ । उक्त दिन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको हो ।

निर्जीवन बीमा

बिहीबार नेप्से घटेसँगै निर्जीवन बीमा उपसूचक पनि १.५२ प्रतिशतले घटेको छ । बिहीबार निर्जीवन बीमा सेक्टरबाट १२ कम्पनीहरु कारोबारमा आएका थिए । सो दिन १२ वटै निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । उक्त दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*