सुर्खेतमा बीमा सचेतनाका लागि प्राधिकरणले राख्यो होर्डिङ बोर्ड

२६ आश्विन २०८०, शुक्रबार १७:२३

काठमाडौं । सुर्खेतको विभिन्न स्थानहरुमा बीमा प्राधिकरणले होर्डिङ बोर्ड राखेको छ । प्राधिकरणले बीमा सचेतनाका लागि असोज २६ गते शुक्रबार उक्त होर्डिङ बोर्ड राखेको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ २ स्थित वाङ्गेसिमल, वडा नं. ११ स्थित सुब्बाकुना र वडा नं. १४ स्थित कटकुवाका साथै भेरीगंगा नगरपालिका अन्तर्गत वडा नं. ५ स्थित बबई र वडा नं. १२ स्थित छिन्चुमा बीमा सचेतनासम्बन्धी होर्डिङ बोर्ड राखिएको हो ।

उक्त होर्डिङ बोर्डमा ट्राफिक सचेतनाका विषयवस्तुहरु समेत समावेश गरिएको छ । सम्बन्धित नगरपालिका, सडक डिभिजन कार्यालय सुर्खेत तथा नेपाल प्रहरीको समन्वयमा उल्लेखित स्थानहरुमा राखिएको होर्डिङ बोर्डको माध्यमबाट आम सर्वसाधारणहरुले बीमा सम्बन्धी जानकारी प्राप्त गर्ने विश्वास प्राधिकरणले लिएको छ ।

उक्त होर्डिङ बोर्ड राख्ने कार्यक्रममा जिल्लास्थित ट्राफिक प्रहरी तथा सडक डिभिजन कार्यलयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*