पाँच महिनाकी गौरवीले पाइन १८ लाखको शिक्षा बीमा उपहार

२७ आश्विन २०८०, शनिबार १८:०१

काठमाडौं । पाँच महिना अघि मात्र जन्मेकी गौरवी खड्काले १८ लाखको शिक्षा बीमा उपहार पाएकी छन । रामेछापको सुनापती गापा–४ हाल काठमान्डौै स्थित गोठाटार बसोवास गर्दै आएका रवि खड्का र रस्मी थापा दम्पतीले आफ्नो पाँच महिनाकी छोरी गौरवीलाई १८ लाखको शिक्षा बीमा उपहार प्रदान गरेका हुन ।

बाराको जीतपुरस्थित सुर्य ज्योती लाइफ इन्सोरेन्सबाट १८ लाखको २० वर्षे सुनौलो भविष्य बाल जीवन बिमा उच्च शिक्षा खर्च व्यवस्थापनको लागि खरिद गरि उपहार दिएको रस्मी थापाले बताइन । फाइनान्स अफिसर समेत रहेकी रस्मी थापा छोरी जन्मेको पाँच महिनाको अवसर पारी बीमा गरेकी हुन । जोखिम बहनसहित बचत र व्यवस्थापन बिमा नै रहेको थापा बताउछिन ।

छोरीको उच्च शिक्षा तयारीको लागि बचत गर्ने बानीको सुरुवात गर्न पाउँदा रवि खड्का समेत खुसी देखिन्छन । ‘खर्च त जहिलेपनि गर्न सकिहाल्नछ नी, बचत गर्नु त्यसमा पनि बच्चाको शिक्षाको लागि तैयारी गर्नु चानचुने कुरा होइन’, खड्का बताउन्छन ।

सुर्यज्योती सुनौलो भविष्य बाल जीवन बीमा योजनामा एउटै बीमालेखबाट आमा–छोरीको जोखिम बहन, १८ घातक रोग विरुद्वको रक्षावरण, दुर्घटना लाभ सुविधा, किस्ता छुट सुविधा, मासिक आय सुविधा सहितको सुविधाहरु रहेको शाखा प्रबन्धक राजु साह कानुले बताए । गौरवीको उच्च शिक्षामा यो बीमा योजना महत्वपुर्ण भुमिका खेल्ने साहले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*