गुल्मीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ आश्विन २०८०, आईतवार १४:३१

काठमाडौं । गुल्मीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको रुरुक्षेत्र गाउपालिकामा नेपाल बीमा प्राधिकरणद्वारा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउपालिकाका अध्यक्ष यदु ज्ञवाली, विशेष अतिथिको रुपमा उपाध्यक्ष मीना देवी गौतम, र भेटेनेरी तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमु्ख हुमाकान्त पाण्डेको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालकमा नेपाल बीमा प्राधिकरणका तर्फबाट सुरेन्द्र चौलागाँईले गरेका थिए ।

उक्त कार्यक्रममा सहभागीहरुले कोरोना बीमाको रकम समयमा भुक्तानी नपाएको र वडा कार्यालयले दिएको मृत्युदर्ता प्रमाणपत्रमा जीवन बीमा दावी भुक्तानी नदिएको, कृषि तथा पशु बीमामा दाबी भुक्तानी प्रकृया झन्झटिलो र पर्याप्त अभिकर्ताहरु नभएको, कृषकहरमा एफएमडी भ्याक्सिन सम्बन्धी जनचेतना नभएको र लम्पी स्किनले गर्दा पशु बीमाको भुक्तानीमा भएको समस्याको बारेमा समेत जिज्ञासा उठेको थियो ।

गुल्मीको सदरमुकाम तम्घासमा जीवन तथा निर्जीवन कम्पनीका शाखा प्रमुखहरुसँग समसामयिक विषयमा भएको छलफललमा उक्त कार्यक्रमबाट उठेको जिज्ञासामा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशिका बमोजिम वीमा व्यवसाय गर्नुपर्ने, बीमितहरुलाई सरल र सहज रुपमा बीमा सेवा प्रदान गर्नुपर्ने, कृषि तथा लघु बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र बीमा सेवा प्रदान गर्दा पोलिसी सम्बन्धी स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिन आग्रह समेत गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*